Header Ads

ad

तपाईंको खाता भएको बैंकमा सी–आस्वा सुविधा छ कि छैनन्

  • casba-1_2_23_2018_7_13_17.jpgसान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीले शुक्रबार (फागुन ११ गते) देखि बिक्री खुला गरेको आइपीओमा विभिन्न ६१ वटा बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट मात्र आवेदन दिन पाइने भएको छ । कृषि विकास बैंक, बैंक अफ काडमान्डू, सेन्चुरी बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, गुडविल फाइनान्स, जेबिल्स फाइनान्स, रिलायन्स फाइनान्स लगायत ६१ वटा बैंक तथा वित्तीय संस्थाहरु बाट आवेदन दिन सकिनेछ ।
 यो आइपीओमा आवेदन दिनका लागि लगानीकर्ताले आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थामा जानुपर्ने हुन्छ । अनि, लगानीकर्ताका लागि भने आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाले सी–आस्वा सेवा दिएको हुनुपर्छ । खातावालालाई सी–आस्वा सेवा दिएका बैंक तथा वित्तीय संस्थाले सी–आस्वा रजिष्ट्रेसन (सीआरएन) नम्बर दिन्छन्, त्यो नम्बर राखेपछि मात्र सेयरमा आवेदन दिनुपर्छ । सीआरएन नम्बर पाएर मात्र हुँदैन, आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थामा आफैं  जानुपर्छ ।
यससँगै, तपाईको खाता भएको बैंक तथा वित्तीय संस्था सी–आस्वा सेवाका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता भएको छ कि छैन भन्नेमा ध्यान दिनु होला । यदि, तपाईको खाता भएको बैंक तथा वित्तीय संस्था सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा सी–आस्वा सेवका प्रदान गर्न दर्ता भएको छैन भने उसले सीआरएन नम्बर दिन सक्दैन र तपाईले त्यहाँबाट सेयर भर्न पनि सक्नुहुन्न । यस्तो भएमा सान्जेन र रसुवागढी हाइड्रो पावर कम्पनीको आइपीओमा पनि आवेदन दिन पाउनु हुनेछैन ।
सान्जेनले ८७ लाख ६० हजार कित्ता र रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर बिक्री खुला गरेका छन् । दुवै आइपीओ प्रतिकित्ता १०० रुपैयाँको दरमा भर्न सकिनेछ । सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले सेयरमा आवेदन दिन सक्नेछन् ।
     सी–आस्वाबाट सेयर भर्न सकिने बैंक तथा वित्तीय संस्थाहरु यसप्रकार छन् । 


No comments